६ असार- स्याङ्जा, जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । प्रहरीले फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई पक्राउ गरेको छ ।
पीडित महिलालाई घरमा बसिरहेको अवस्थामा मिजारले जबरजस्ती करणी गरेको पीडितले बताए । पीडितको जाहेरीका आधारमा मिजारलाई खोजतलास गर्ने क्रममा बिहीबार लुकिछिपी हिँड्दै गरेको अवस्थामा फेदीखोलाको आरुखर्कबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आरोपी मिजारलाई स्याङ्जा अदालतमा पेस गरेर जबरजस्ती करणीको कसुरमा कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्