५ असार- कैलाली, जिल्लाको गौरीगंगामा खोलाले एक पुरुषलाइ बगाउँदा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–२ चौमालाका अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकार रहेका छन ।
बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका थिए ।
बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला परेको थियो । उनको पोस्टमार्टमका लागि धनगढीमा रहेको प्रादेशीक सेती अञ्चल अस्पतालमा पठाएको छ।
प्रतिक्रिया दिनुहोस्