सेयर बजार आज सामान्य अंकल बढेको छ ।

२ असार- काठमाडौं, आज नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको छ। ३१८ कम्पनीको ३ करोड ३६ लाख ३३ हजार कित्ता सेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छ।

२ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। आजको कारोवारमा होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। होटल तथा पर्यटन समूहको ४.६९ प्रतिशत बढेको हो।

 

बैंकिङ, विकास बैंक, लाइभ इन्स्योरेन्स, माइक्रोफाइनान्स, मेचुअल फन्ड, नन लाइभ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको छ। फाइनान्स, हाइड्रोपावर, इनभेस्टमेन्ट, म्यानुफ्याक्चरिङ र अदर समूहको उपसूचक घटेका छन्।

९५ करोड १६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्