जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु

नवलपरासी,१० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व )को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा ज्यान गएको बताउनुभयो । उनीहरूले गएको शुक्रवार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ ।

 

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरू उपचारपछि निको भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उनीहरूको गए राति ज्यान गएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्