कोठाभाडामा बसेका भारतिय र नेपाली मृत फेला

१ असार- काठमाण्डौ, काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटमा दुई जना मृत भेटिएका छन् ।

मृत भेटिएका भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ की २८ वर्षीया अञ्जना तामाङ बूढानीलकण्ठमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

उनिहरु आफ्नै काठामा गएराति मृत भेटिएक थिए ।

उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्