१ असार- अर्घाखाँची, श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । श्रीमती मेखमायाले छत्रदेव गाउँपालिका–३, शिस्रेका ३८ वर्षीय रामु कुमाललाई हत्या गरेकी हुन् ।
आज शनीबार राति सुतिरहेका आफ्ना श्रीमान्लाई २७ वर्षीया मेखमायाले दाउ प्रहार गरेर हत्या गरेका छन।
प्रहरीले हत्याको आरोपी मेखमायालाई आइतबार बिहान नै पक्राउ गरेको हो। उनले सुतिरहेका श्रीमान्को टाउकोमा दाउ प्रहार गरेर हत्या गरेकी थिइन् । तनहुँकी मेखमाया र रामु कुमालको बिहे गएको चैत महिनामा मात्रै भएको थियो । उनले हत्या स्वीकार पनि गरिसकेकी छन् ।
दुवैजनाको यो दोस्रो विवाह थियो । तर, विवाहदेखि नै मनमुटाव हुँदै आएका मेखमायाले भने आइतबार बिहान श्रीमान्को हत्या गरेका हुन् । प्रहरीको अनुसन्धानका क्रममा उनीहरूबीच शारीरिक सम्बन्धका कारण मतभेद हुँदै आएको र त्यही विषयमा विवाद हुँदा घटना हत्यासम्म पुगेको हो ।
पक्राउ परेकी मेखमायाले आफ्नो बयानमा प्रहरीसित भनेकी छन। ‘‘आफ्नो चाहना नहुँदा समेत श्रीमान्ले पटक–पटक सम्बन्ध राख्न खोज्नु हुन्थ्यो । राति सुत्न पनि दिनुहुँदैन थियो । त्यही विषयमा विवाद भएको हो । पहिला श्रीमान्ले मलाई मार्छु भनेर दाउ ल्याउनु भयो । तर, सुतेपछि मैले टाउकोमा प्रहार गरेर हत्या गरे,’’
प्रहरीले मेखमायाको साथबाट हत्या गर्न प्रयोग भएको दाउ समेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्