१ असार- पोखरा, पोखराको लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर एक महिलाको ज्यान गएको छ । यो घट्ना शनिबार राति भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० रानीवनकी ३२ वर्षीया सरिता भण्डारी रहेकी छन् ।
सरिता श्रीमान, दुई नाबालक छोरासहित जेठ २९ गते पोखरा घुम्न आएकी थिइन् । गम्भीर घाइते भण्डारीलाई तत्कालै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनालगत्तै उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । दुई नाबालक छोरालाई आफन्तको जिम्मा लगाएको र घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्