इनारमा खसेर ढल्केवरका एक पुरुषको मृत्यु

धनुषाको ढल्केवरमा मंगलबार बिहान इनारमा खसेर एक पुरुषको मृत्यु भएको छ । मिथिला नगरपालिका–७, ढल्केवरका ३५ वर्षिय घुरण यादवको घर नजिकैको इनारमा खसेर मृत्यु भएको हो ।

इनारभित्र मोटर पम्प जडान गर्ने क्रममा सन्तुलन बिग्रेर यादव इनारमा खसेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईका अनुसार इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृत्यु भएको हो । इनारमा खेसेका यादवलाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि पठाइएको थियो ।

मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

 

स्रोतः महोत्तरी न्युज

प्रतिक्रिया दिनुहोस्