२८ जेठ- काठमाडौं, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुले ढल निकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारले आरोपपत्रमा उल्लेख छ।
मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी प्रतिवादी छन्।
प्रतिक्रिया दिनुहोस्