झापामा तिन स्थानबाट तिन शव फेला

२८ जेठ- झापा, जिल्लामा तीन स्थानमा तीन जना मृत फेला परेका छन् ।

आज बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा-११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्