२६ जेठ-काठमाडौं, आज सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेको छ।
यसदिन १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँमा खरिदबिक्री भएको छ।
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
प्रतिक्रिया दिनुहोस्