पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्काएर रकम असुल्ने व्यक्ति पक्राउ

akhatiyar

२३ जेठ- काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्थली नगर विकास समितिका अस्थायी नायब सुब्बा टीकाप्रसाद भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनले आफूलाई पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्काएर रकम असुल गरी भ्रष्टाचार गरेको आरोपमा उनिहरुमाथी भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बिहीबार अख्तियारले सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरू अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसहित ६ जनाविरुद्ध कमिसन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अस्थायी नायब सुब्बा पदमा कार्यरत भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्