महाकाली नदीको किनारमा शव फेला

बैतडीमा शव फेला परेको छ। जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो।

अन्दाजी ३५÷४० वर्षीय कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको सडेको अवस्थामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त स्थानमा प्रहरी चौकी कुस्मतघाट बैतडीबाट प्रहरी टोली खटीइएको छ। सय विषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्