लगभग ४७ लाख रूपैयाँ बराबरको सुनसहित भारतिय पक्राउ

२३ जेठ- काठमाडौं, नागढुंगा चेक पोष्टमा एक भारतीय यात्रु २७४.८३ ग्राम सुनसहित पक्राउ परेका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा चेकजाँचको क्रममा भारतिय यात्रु पक्राउ परेका हुन ।

 

भारत वेस्ट बंगाल घर बताउने करिब ३१ वर्षीय महादेव सामन्तलाई ४५ लाख ६३ हजार ८२६ रूपैयाँ बराबरको सुनसहित पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्