नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी

२० जेठ-  काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ।राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि आजै निलम्बन गरेका हुन्।

राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुखको जिम्मेवारी जोशीलाई दिइएको हो।

यसअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरेका हुन।

प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्