कांग्रेस-एमाले सरकार चलाउन मात्र मस्त छः गगन थापा

 

२० जेठ- काठमाडौं,  बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस-नेकपा एमालेसहितको सरकार गठन हुँदाको वाचा बिर्सिएर कांग्रेस-एमाले सरकार चलाउन मात्र मस्त भएको बताएका छन।

 

उनले अहिलेको व्यवस्था नै ठिक भएको भन्दै यसको चालक भने गलत भएको बताए।

उनले भनेः कांग्रेस र एमालेलेको सरकार गठन हुँदा संविधान संशोधन गर्ने भनेर ७ बुँदामा बाचा गरियो। वाचा पूरा गरिरहेका छैनौँ, हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ। यो अलमलबाट बाहिर निस्किएर कांग्रेस एमालले ७ बुँदाअनुरुप संविधान संशोधनका निम्ति तत्काल गर्नुपर्ने काम गर्नुपर्ने छ।यही व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो, यही व्यवस्था टिक्छ। यही व्यवस्था टिकाउँछौँ, यो व्यवस्थामा केही कमजोरीहरू छन् कमजोरीहरू हामी सुधार्छौँ। सुधार्ने तरिका भनेको संविधान संशोधन गर्छौँ।

गाडीको चालक बदल्ने कुरा छाडेर, मर्मत संभार गर्ने कुरा छाडेर नयाँ खोज्न लागियो भने अर्को १० वर्ष खेर जाने उनले भनेका छन।

प्रतिक्रिया दिनुहोस्