१८ जेठ- काठमाडौं, राजावादीहरुको आइतबार जारी प्रदर्शनले उग्र रुप लिँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित अन्य प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
नक्शाल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनमा सहभागी राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग दोहोरो झडप र हानाहानको स्थिति सिर्जना भएको हो।
केही प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ।
झडपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै अन्य थुप्रै प्रदर्शनकारी पनि पक्राउ परेका छन्।
झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका छन।
उनीहरूले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा चर्का नाराबाजी गरेका थिए। स्थितिलाई थप बिग्रन नदिन उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राप्रपा नेपालले आफ्ना अध्यक्ष तथा कार्यकर्ताहरूको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्