जहाजमा चुरोट तानेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले अर्जुन चन्द ठकुरी सम्पुर्ण समक्ष जानकारी दिएका हुन् ।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको समेत जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्