१८ जेठ- काठमाडौं, क्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली ट्याङ्कको गोलाबारीमा २६ जनाको मृत्यु भएको छ । साथै १५० जना घाइते भएका छन्।
जारौं प्यालेस्टिनीहरू अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका थिए। त्यसपछि इजरायली ट्याङ्कले भीडमाथि गोली चलाएको हो। आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गधा गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो।
स्थानीय समय अनुसार बिहान ४ः३० बजे गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत केन्द्र नजिकै रहेको अल–आलम स्क्वायर नजिकै भीड जम्मा भएका थिए त्यसपछि इजरायली ट्याङ्कहरू त्यहाँ पुगेर गोलीबारी गर्न थाले।
रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु भएको र १५० जना घाइते भएको पुष्टि गरेको छ।
प्रतिक्रिया दिनुहोस्