महानायक राजेश हमालको फिल्म ‘नरसिंहा: ‘अभतार’ को कमाई २ करोड

१६ जेठ – काठमाडौं, धेरै पछि फिल्ममा कमब्याक गरेका महानायक राजेश हमालको फिल्म ‘नरसिंहा: ‘ अभतार’ यो शुक्रबार एक हप्ता पुगि दोस्रो हप्तामा प्रवेश गरेको छ ।

दोस्रो सातामा प्रवेशसँगै निर्माण पक्षले सुरुवाती सात दिनको ग्रस कलेक्सन सार्वजनिक गर्दै फिल्मले दुई करोड चार लाखको कमाएको निर्माण पक्षको दाबी छ ।

राजेशले ९ वर्षपछि यस फिल्मबाट ठूलो पर्दाको अभिनयमा ‘कमब्याक’ गरेका हुन् । उनी अहिले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन हलहरुमा उपस्थित भइरहेका छन् ।

राजेश हमाल काठमाडौं बाहिरका हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत र रमेश चन्द सोडारी लगायतको अभिनय छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । निर्देशक भने दिवाकार भट्टराई हुन् ।

प्रतिक्रिया दिनुहोस्