नेपोली ३३ वर्षपछि च्यााम्पियन

काठमाडौं। नेपोलीले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा उडीनेजेसँग १–१ गोलको बराबरी खेल्दै नापोलीले उपाधि जितेको हो ।

नेपोलीले ३३ वर्षपछि सिरी ए लिगको उपाधि जितेको हो । यस अघि नेपोलीले १९९० मा सिरी ए उपाधि जितेको थियो । खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाउनु भउको थियो । तर, खेलको ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा फर्काउनु भयो ।

यस बराबरीसँगै नेपोलीलाई उपाधि दिलाउन पर्याप्त रह्यो । नेपोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ । दोस्रो स्थानमा रहेको लाजियोको ६४ अंक रहेको छ । उडीनेजे ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ । नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्