४२ लाख ९७ हजार ५ सय बराबरको अवैध सामान सहित एक जना पक्राउ

१५ जृठ -कैलाली, अत्तरियाबाट प्रहरीले ४२ लाख ९७ हजार ५ सय बराबरको अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार गोदावरी नगरपालिका– २ वीर बहादुर साउदको घरमा कोठा गरी बस्ने डडेल्धुरा आलीताल गाउँपालिका– ४ का ३२ वर्षीय मान बहादुर वली पक्राउ परेका छन्।

प्रहरीको टोलीले उनी बस्ने कोठामा चेक जाँच गर्दा भन्सार छलीका २ हजार ८२५ थान मोबाइलका डिस्प्ले बरामद गरेको हो। प्रहरीले बरामद गरिएको सामान सहित पक्राउ परेका वली नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्