एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला

१३ जेठ -नयाँ दिल्ली , भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् ।

बीबीसी हिन्दीका अनुसार मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको छ।

उक्त घटना आत्महत्याको घटनाजस्तो देखिएको छ । यस्तै समाचार एजेन्सी पीटीआईले मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ ।

गएराति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले यो घटना हेर्दा आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताएका छन । यो घटनाको गहन अनुसन्धान गरिने डीसीपीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्