१३ जेठ- काठमाडौं, गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षीदलहरुले संसद अवरुद्ध गरेका हुन्। बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने बताए।
तेस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीको राजीनामा माग गरेकाछन्।यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो भने आफ्नो पदमा रहन नपाउने भन्दै राजीनामा माग गरे। रास्वपाले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अघि बढ्न नदिने भन्दै चेतावनी दिएको छ।
प्रतिपक्षीबाट संसद अवरोध भएपछि सभामुख देवराज घिमिरेले आधा घन्टा संसद बैठक स्थगित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्