१३ जेठ- संखुवासभा, विवाह गर्ने प्रलोभन देखाएर संखुवासभा पाँचखपन नगरपालिका-१ कुसुवा टोल बस्ने २१ वर्षीय सोमकुमार तामाङ पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
उनले १७ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ८ गतेदेखि पटकपटक बलात्कार गरेको उजुरी छ।
सोही उजुरीको आधारमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।
उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले आइतबार पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्