९ जेठ- काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ दौडबाट बाहिरिइसकेको लखनऊ सुपर जायन्ट्ससँग ३३ रनको हार व्यहोरेको छ ।
बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा पाहुना टोली लखनऊले २३६ रनको लक्ष्य दिएको थियो थियो । तेस्को जवाफमा गुजरातले २० ओभर नै ब्याटिङ गर्दै नौ विकेट गुमाएर २०२ रन मात्र बनायो ।
गुजरातका शाहरुख खानले २९ बलमा पाँच चौका र तीन छक्कासहित ५७ रन बनाए । शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साई सुदर्शनले २१ रन जोडे ।
टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा दुई विकेट गुमाएर २३५ रन बनाएको थियो ।
लखनऊका विलियम ओ‘रोर्कले तीन विकेट लिए । आवेश खान र आयुष बदोनीले समान दुई विकेट लिए । शाहबाज अहमद र आकाश सिंहले एकरएक विकेट लिए ।
लखनऊका मिचेल मार्शले ६४ बलमा १० चौका र आठ छक्कासहित ११७ रनको शतकीय इनिङ खेले । निकोलस पुरनले २७ बलमा पाँच छक्का र चार चौकासहितले अविजित ५६ र एडेन मार्करमले ३६ रन बनाए ।
गुजरातका अर्शद खान र साई किशोरले समान एक विकेट लिए ।
हारका बाबजुद १३ खेलबाट १८ अंकको गुजरात शीर्ष स्थानमा कायम छ । लखनऊ समान खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ । प्रतियोगितामा गुजरातले प्लेअफमा स्थान सुरक्षित गरिसक्दा लखनऊ शीर्ष चारको दौडबाट बाहिरिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्