९ जेठ- कैलाली, अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीवार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुुरुषको मृत्यु भएको हो। बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल पुगाएको थियो तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो।
उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान भने खुुलेको छैन। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्