चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

९ जेठ- चितवन, उदयपुरबाट काठमाडौं गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका(८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

 

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्