शव बोकेको एम्बुलेन्स रामेछापमा दुर्घटना

८ जेठ- रामेछाप, रामेछापको खाँडादेवीबाट शव लिएर काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई छन् । एम्बुलेन्समा शव बाहेक ४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्