८ जेठ- सिन्धुली, झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ८७९३ नम्बरको स्कारपियो बिहीबार बिहान साँढे ५ बजे सिन्धुलीको कमलामाई नगरपालिका- १४ तल्लो रानीबासमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गाडीका चालक टेक बहादुर बस्नेत र बेनिश कडरिया घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पठाएको छ ।
यस्तै घाइते हुनेमा काठमाडौं महानगरपालिका -१५ की पुर्णकाजी महर्जन, कमल गाउँपालिका -२ झापा की भवानी न्यौपाने र गौरीगंज गाउँपालिका २ झापा का मनोज कुमार ताजपुरिया रहेका छन ।
घाइते महर्जनको पनि जनसेवा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको सिन्धुलीको भिमानकै मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाई छ । गाडी अनियन्त्रित हुँदा सडकबाट खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्