अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन भ्रमणका लागि चीनमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् ।

 

दुई देशबीचन तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगेका हुन । भ्रमणको क्रममा ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकलगायतका मुद्दामा छलफल हुने कार्यसूचि रहेको छ । भेटमा अमेरिका–चीन सम्बन्धका बारेमा छलफल हुने जनाइएको छ । ब्लिनकेनले वरिष्ठ चिनियाँ अधिकारीहरूसँग पनि भेट गर्नेछन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे हालसम्म कुनै जानकारी आएको छैन ।

 

पाँच वर्षमा कुनै पनि अमेरिकी विदेशमन्त्रीको यो पहिलो भ्रमण हो । यसअघि उनले यसै वर्षको फेब्रुअरीमा चीन भ्रमण गर्ने तयारी गरे पनि चिनियाँ जासुसी बेलुन अमेरिका पुगेको विषयमा उत्पन्न तनावका कारण भ्रमण स्थगित भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्