एकैदिन ५ हजारले बढ्यो सुनको भाउ

७ जेठ -काठमाडौं, विगत तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज तोलामा पाँच हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी पनि तोलामा रु ५० ले बढेको छ। चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्