७ जेठ- चितवन, चितवनको इच्छाकामना गाउँपालिका-७ दाहखानी गाउँको दाहाखानी भ्यू-रिसोर्ट गएका एक युवक स्वीमिङ पुलमा मृत फेला परेका छन्।
उक्त घटनामा चितवन प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । भरतपुर महानगरपालिका-२२ पटिहानी बस्ने २५ वर्षका लोकेश महतो १० जना साथीहरूसहित उक्त रिसोर्ट गएका थिए ।
साथीहरूसँग नुहाउन जान्छु भनेर स्वीमिङ पुल गएका उनी धेरै बेरसम्म नफर्किएपछि गएर हेर्दा स्वीमिङ पुलमा तैरिरहेको अवस्थामा भेटिएका थिए।
उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरस्थित शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना शंकास्पद रहेकाले उनका साथीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस्