शरणार्थी प्रकरणः ह्याबी वेटलाई उन्मुक्ति दिएर साना माछा समात्ने प्रयास हुँदैछः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सरकारले राजनीतिक प्रतिशोधको आधारमा कसैमाथि कारबाही गर्न नहुने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताउनु भएको हो ।

नीतगत भ्रष्टाचार एब संगठित अपराध ठगी जस्ता फरक मुद्दाका विषयहरूमा गहन अनुसन्धान हुनु पर्ने उहाँको माग छ । ‘प्रत्यक्ष–अप्रत्यक्ष संलग्नहरुलाई कानुनी दायरामा ल्याउन पर्नेमा संलग्नहरूको बयान लाई समेत गुमराहमा राखेर राज्यशक्तिको दुरुपयोग गरेर कसैलाई काखा र पाखा गर्ने छुट् कानुनमा छैन,’ रायमाझीलेले भन्नु भयो, ‘नक्कली भुटानी शरणार्थी लागत संकलन गर्ने कार्यमा पूर्वप्रधानमन्त्री, उनका पत्नी पूर्वगृहमन्त्री र उनका पत्नी लगायत जो संलग्न छन् उनीहरुलाई उन्मुक्ति दिने षडयन्त्र गरिदैछ त्यसको हामी घोर भत्सना गर्छौं’ । ह्याबी वेटलाई उन्मुक्ति दिएर साना माछा समात्ने प्रयास भइरहेको उहाँको आरोप छ ।

सत्ता उन्मादमा आफ्ना अपराध लुकाउन नमिल्ने बताउदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैको निष्पक्ष र पारदर्शी ढङ्गले छानबिन गरी सम्बन्धित निकायलाई सत्य तथ्य पत्ता लगाउन माग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्