पशुपतिमा योगाको रौनक, निशुल्क शिविरमा हजारौँको सहभागिता

२ जेष्ठ- काठमाडौं,  भगवती मानव कल्याण संगठनले आयोजना गरेको निःशुल्क “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” मा पहिलो दिन देश विदेशबाट आएका हजारौँ सहभागिहरुले योग ध्यान साधनाको निशुल्क लाभ प्राप्त गरेका छन । पशुपति मन्दिर परिसरमा आज शिविरको पहिलो दिन विहान ७ बजे देखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको हो ।

कार्यक्रमका सहभागिहरुलाइ योगाशनका साथै अष्टांग योगका विविध क्रमका वारेमा मार्गदशन गराईएको थियो । पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्ला ज्यूले योगको वहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो ।

 

योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो ।

योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला ज्यू एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाज्यूले समेत सहभागिहरुलाई मार्गनिर्देशन दिनुभएको थियो ।

यस्तै आज दिउँसो २ बजेदेखि ५ बजे सम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ । यस्तै कार्यक्रमको दोश्रो दिन जेठ ३ गते विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ ।

 

नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। ।

प्रतिक्रिया दिनुहोस्