काजु नामले चिनाउने एक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरेको छ ।

१० बैशाख- काठमाडौँ, आफूलाई ‘काजु’ (Kazu) नामले चिनाउने एक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी डेटा हात पारेको दाबी गरेको छ । डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा पोस्ट गर्दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा बिक्रीमा राखेको हो ।

पोस्टको शीर्षकमा लेखिएको छ, “[2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice.gov.np)”, जसको अर्थ २० लाखभन्दा बढी नेपाली नागरिकको व्यक्तिगत विवरण रहेको प्रहरीको वेबसाइटबाट डेटा चोरी गरेको ह्याकरको दाबी छ ।

पोस्टमा तल लेखिएको छ, “म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट चलाउनु मात्र पर्छ, अनि डेटा स्वचालित रूपमा डाउनलोड हुन्छ !!!”

-टेकपाना

प्रतिक्रिया दिनुहोस्