करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर मृत्यु भएको हो। शनिबार राति मछेली नदी किनारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्