प्रदर्शनमा राप्रपाका अध्यक्ष सहित ७ जना पक्राउ

७ बैशाख- काठमाडौं, आइतबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो ।

अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्