म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ ।

गएराति भएको प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो । सिटीका लागि इल्के गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो। सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ ।

अब सिटीलाई यो सिजन च्याम्पियन्स लिग जित्ने सम्भावना पनि छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।।

प्रतिक्रिया दिनुहोस्