२९ चैत- भारत, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ ।
श्रीनगर दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भइ केही समयपछि उनी बेहोस भएका थिए, बेहोस भए लगतै उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।
मृत्युको कारण भने शवको पोस्टमार्टम भएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
एअरलाइन्सको अनावश्यक रूपमा घटनाको अनुमान नगर्न अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्