बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु

२८ चैत- म्याग्दी, धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको छ ।

ताकमबाट मुनातर्फ जाँदै गरेको जिपको पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्