२७ चैत- कैलाली, जिल्लाको जानकी गाउँपालिका–५ को अमौरामा बुधवार बिहान सुदूरपश्चिम प्रदेश ०१००१ज१५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया हरु बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
मृतकका श्रीमान साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल घाइते भएका छन्। उनको टाउकोमा चोट र एउटा खुट्टा भाचिएको छ। माइक्रो बसको ठक्करबाट घाइते बडुवाल र उनकी श्रीमतीलाई उद्दार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर श्रीमतीको भने उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्