अन्तर्वार्ता समाज

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

५ चैत-दमौली,  तनहुँमा च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ।

 

जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  शुक्रवार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…