इजरायलको आक्रमणमा हमासका मन्त्रीसहित २२० जनाको मृत्यु

 ५ चैत- काठमाडौं, गाजा पट्टीको आक्रमणमा हमासका एक मन्त्रीसहित २ सयभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायली आक्रमणमा कम्तिमा हमासका २२० जनाको मृत्यु भएको जनाएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री इजरायल काट्जले मङ्गलबार बिहान आक्रमणको आदेश दिएका थिए ।

 

मारिएकामध्ये एक जना गाजामा हमासका उपगृहमन्त्री तथा उच्चपदस्थ सुरक्षा अधिकारी महमूद अबु वफाह पनि छन् । अन्यमा बालबालिका र आम नागरिक रहेका छ ।

युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि इजरायलले आक्रमण सुरु गरेको हो ।

इजरायली सुरक्षा बल आइडीएफले हमाससँग सम्बन्धित आतङ्कवादी क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ ।

हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ । तर, हमासले अझैसम्म युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, बरु मध्यस्थकर्ता र संयुक्त राष्ट्र सङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्