पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाउलाई प्रहरीद्धारा पक्राउ

जागिर लगाइदिने प्रलोभन देखाउदै पतंजलि आयुर्वेदमा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन
पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । गत साल २०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद प्रालिमा कामदार चाहिएको र आफू कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनी कम्पनीको नक्कली परिचयपत्र झुण्ड्याई ठगी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई पक्राउ गरिएको छ ।
यसै अनुरुप पतंजलिमा काम लगाइदिन भनी नागरिकता, शैक्षिक प्रमाणपत्र र २५ हजार रुपैयाँ खातामा जमा गर्न लगाई ठगी गरेको भनी साेहि अमन कुमार चौरसिया समेतले जेठ १६ गते ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्