२५ फागुन काठमाडौ, गोकर्णेश्वर नगरपालिका(७ स्थित बागमतीमा एक महिलाको शव फेला परेको छ।
फेला परेकी महिलाको सनाखत हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अन्दाजी ४५ वर्षकी महिलाको शव नदीको बीच भागमा फेला परेको हो।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। महिलाको सनाखतका लागि प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…