बुहारीले गरिन सासुको हत्यास्कारण घर झगडा

३० माघ- धनुषा, ६५ वर्षीया सासूको हत्या गरेको आरोपमा प्रह बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

जनकनन्दनी गाउँपालिका-५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डलले गरेको प्रहरीले जनाएको छ।

उनलाई मंगलबार राति पक्राउ गरिएको हो। घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्