८ वर्षीया बालिका र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

असार ३ – रौतहट, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-८ जयराजपुरस्थित झुपडि घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी रौतहट, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका-१ बस्ने ५० वर्षीय किशोरी राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्