खेलकूद समाज

नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको छ।

नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको छ।
Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

 

 वैशाख ३- काठमाडौं, ओमनको अल अमेरत क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको छ।

 

हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२।२ ओभरमा सजिलै पूरा गरेको छ।

नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले ४० रन बनाए। उनले १८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे।

अर्का प्रारमिभक ब्याटर कुशल भुर्तेलले ३२ रन बनाए। उनले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाए।

नेपालका लागि अविनाश बोहराले तीन, ललित राजवंशी दीपेन्द्रसिंह ऐरीले दुई(दुई तथा करण केसीले एक विकेट लिए।

यो जितसँगै नेपालको ६ अंक भएको छ। नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…