प्याजको मूल्य ११० रुपैयाँ पुग्यो

कार्तिक १२-नेपाली बजारमा प्याजको थोक मूल्य किलोमै ११० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।

यस्तै गोलभेँडा सानो (लोकल) को ३०, आलु रातोको ७२, काउली स्थानीयको ९०, मटरकोशाको २५०, लौकाको २०, तोरीको सागको ४० रुपैयाँ रहेको छ ।
यसैगरी केरा (दर्जन) को १५०, कागतीको १६०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्